![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । वीरेन्द्रनगर नगरपालिका ३ नम्बर वडा कार्यालयमा लगाएको ताला खोलेर जनतालाई सेवा दिन चार राजनितिक दलले सयुक्त माग गरेका छन् । ३ नम्बर वडाका विभिन्न राजनीतिक दलले वडा अध्यक्षले समस्याको समधान नगरी भाग्न नहुने भन्दै सयुक्त विज्ञप्ति जारी गरेका हुन् । गत आईतबार स्थानीय जनता र वडा अध्यक्ष बिच भएको विवादका कारणले वडामा ताला लगाएर वीरेन्द्रनगर नगरपालिकाबाट वडाले सेवा दिँदै आएका छ ।
जेठ ८ गते खोर्के खोलाको पतेनी नजिक राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तरर्गत तटबन्ध निर्माण कार्यमा खोलाको मापदण्डको विषयलाई लिएर वडा अध्यक्षद्वारा लिखित रुपमा काम रोक्नका लागि दिएको आदेशले निर्माण कार्य रोक्कदा विवाद सिर्जना भएको थियो । बिवादले ठूलो रुप लिएपछि वडा अध्यक्ष स्वयम् आफैले वडामा ताला लगाएका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी, र रास्ट्रिय जनमोर्चा गरि चार दलहरुले वडा अध्यक्ष आफैले ताला लागाउने र जनताको समस्या समाधान गर्न नसकी भाग्नु नहुने विज्ञप्तीमा भनेका छन् । घटनाको विषयमा सत्य तथ्य छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनिहरुको माग छ । नगरपालिकाबाट दिइएको सेवा प्रवाह वडा कार्यालयबाटै गर्न सयुंक्त ध्यानाकर्षण समेत गराएका छन् ।
यस्तो छ ,विज्ञप्ती –
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०८० जेष्ठ १४, आईतवार