प्रदेशलाई ५८ अर्ब ६७ करोड, स्थानीय तहलाई ८७ अर्ब ३५ करोड विनियोजन

काठमाडौं ।  अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी वर्ष २०८०र०८१ का लागि राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा आधारमा प्रदेशलाई ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई ८७ अर्ब ३५ करोड विनियोजन गरेको बताएका छन्।

सोमबार आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा प्रस्तुत गर्दै अर्थमन्त्री डा महतले प्रदेश र स्थानीय तह गरी जम्मा १ खर्ब, ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गर्ने व्यवस्था मिलाएको बताए।

त्यसैगरी सशर्त अनुदानतर्फ प्रदेशलाई ३५ अर्ब ७२ करोड स्थानीय तहलाई १ खर्ब ९१ अर्ब, ८९ करोड विनियोजन गरेको बताए।

तपाईको प्रतिक्रिया