
सुर्खेत ।
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकाको पानी निकास हुने स्थल निकास खोलामा चार करोड १५ लाख रुपैंया लगानी गरेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा एमाले संसदीय दलका नेता यामलाल कंडेलको महत्वाकांक्षी आयोजना अन्र्तगत तीन करोड ६० लाख विनियोजन भएकोमा चालु आर्थिक वर्षमा ५५ लाख बजेट भई कामहुँदै आएको छ ।
आज विहान भएको अनुगमनमा उर्जा तथा जलस्रोत मन्त्री उर्मिला विक, नेकपा एमाले संसदीय दलका नेता यामलाल कंडेल नगरपालिकाका मेयर मोहनमाया ढकाल लगायतका जनप्रतिनिधिले उक्त क्षेत्रको अनुगमन गरेका थिए ।
‘लगानी धेरै लाग्ने देखिएको छ । प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्था गर्छौं ।’ मन्त्री विकले नेपाली रैवारसँग भनिन, ‘संघबाट भएपनि निकास खोलाको जोखिमपूर्ण अवस्थालाई निराकरण गर्छौं ।’
हेर्नुहोस तस्वीरहरु:

नेपालीरैबार । २०८० जेष्ठ १८, बिहीबार