चामुण्डाका साढे सत्र सय नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण

सुर्खेत । दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिकामा विशेषज्ञ डाक्टरसहित निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बिहिबार नगरपालिकाको आयोजना तथा काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोगमा १७ जना विशेषज्ञ डाक्टरहरुद्घारा निःशुल्क स्वास्थ परिक्षण गरिएको हो ।


शिविरबाट झण्डै सात सय बढी नागरिकले सेवा लिएको चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगर प्रमुख गणेशकुमार शाहीले जानकारी दिए । शिविरमा हाडजोर्नी तथा नसा, आँखा, नाक, कान, घाँटी तथा छाला, स्त्री तथा प्रसुति, मुटु, छाती लगायतका रोगहरुको निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण गरिएको शाहीको भनाई छ ।

तपाईको प्रतिक्रिया