कर्णाली प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्र प्रस्तुत भएको छ । आइतबार कर्णाली प्रदेशसभामा प्रदेश प्रमुख तिलक परियारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गरेका हुन् । प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समृद्ध कर्णाली, सुखारी कर्णालीबासी दिर्घकालिन सोच अनुरुप आर्थिक सम्पन्नता, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उत्पादन लक्षित रहेको बताए ।

बार्षिक १० हजारलाई रोजगारी दिन विगतदेखि कार्यान्वयमा रहेका मुख्यमन्त्री रोजगार कार्यक्रम, दलित रोजगार र मुख्यमन्त्री महिला आयआर्जन कार्यक्रमलाई परिमार्जन सहित निरन्तरता दिइएको छ भने प्रदेशलाई आर्गानिक प्रदेशको रुपमा विकास गरिने छ । यस्तै प्रदेशमा तीन तारे होटल खोल्न चाहेमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उल्लेख छ । सुर्खेत विमानस्थल स्तरोन्ती, प्रदेश अस्पताललाई शिक्षण अस्पता बनाईने, गरिवी निवारणका लागि विपन्न नागरिकको स्वास्थ्य बीमाको कार्यक्रम अगाडि सारिएको छ । रारा लगायतका पर्यटकिय क्षेत्रलाई जोड्ने सडक पूर्वाधार निर्माण, कर्णाली, भेरी करिडोर र राप्ती लोकमार्ग निर्माणलाई तिव्रता दिने प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा उल्लेख छ ।

हेर्नुहाेस पूर्णपाठ

तपाईको प्रतिक्रिया