सुर्खेतका विद्यालय एक साताका लागि बन्द

सुर्खेत । सुर्खेतका निजी विद्यालयहरू एक साताका लागि बन्द हुने भएका छन् । गर्मी बढ्न थालेपछि सुर्खेतका निजी विद्यालयहरूले पठनपाठनमा एक साताका लागि बिदा दिएका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले सुर्खेतका निजी विद्यालयहरूलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन भनेको छ । सोहीअनुसार नै विद्यालयहरूले २४ जेठदेखि ३० जेठसम्मका लागि पठनपाठन क्रियाकलाप रोकेका छन् ।

सोमबार बसेको प्याब्सनको जिल्ला कार्यसमिति बैठकले सुर्खेतस्थित सम्पूर्ण निजी विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको थियो । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको बताउँदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया