मुलुकभर गर्मीले जनजीवन अस्तव्यस्त,अझै पाँच दिन तापक्रम बढ्दो क्रममा

कोशी, गण्डकी र कर्णालीमा आज राहत

काठमाडौं । मुलुकभर गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । तराईका क्षेत्रमा गत शुक्रबारदेखि लू लागिरहेको छ भने यो क्रम अझै चार पाँच दिनसम्म रहने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा मौसम बदली हुँदा त्यो क्षेत्रमा केही राहत महसुस हुने उनले बताए ।

यद्यपि तराईको लू भने झनै बढ्ने देखिएको छ । बुधबार तराईका क्षेत्रमा ४२.२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ भने आज थप एक डिग्री बढ्ने अनुमान महाशाखाको छ ।

तपाईको प्रतिक्रिया