वीरेन्द्रनगरका विद्यालय असार १ गतेसम्म बन्द गर्न निर्देशन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिमा आगामी असार १ गतेसम्मका लागि विद्यालयमा पठन-पाठन बन्द हुने भएको छ । शुक्रवार विद्यालयहरुलाई पत्राचार गर्दै नगरपालिकाले असार १ गतेसम्मलाई विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको र शिक्षण सिकाई वातावरण अनुकुल नभएको भन्दै वर्षे विदाबाट कट्टी हुनेगरी आवश्यकताका आधारमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ ।

यस्तै वीरेन्द्रनगरका निजी विद्यालयहरुले यसअघि नै विद्यालय बन्द गरिसकेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’ ले २४ जेठदेखि ३१ जेठसम्मका लागि विद्यालय बन्द गरेका छन् ।

तपाईको प्रतिक्रिया