पौडी खेल्ने क्रममा पोखरीमा डुबेर दुई बालकको मूत्यु

जाजरकोट । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं-१३ बस्ने दुई बालकको खानेपानी तथा सिंचाइका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा शुक्रबार डुबेर मूत्यु भएको छ ।

निधन हुनेमा नरबहादुर बस्नेतका वर्ष ८ का छोरा पाण्डप बस्नेत र टीकाराम बस्नेतका वर्ष ९ का छोरा प्रमोद बस्नेत छन् ।

नेकपा (माओवादी केन्द्र) भेरी नगरकमिटिका अध्यक्ष बस्नेतका अनुसार दुवै बालक विद्यालयमा पढेर घर आई खाजा खाएर पौडी खेल्न गएका र सोही क्रममा डुवेर निधन भएको हो । सो पोखरी खानेपानी तथा सिंचाइका लागि निर्माण गरिएको थियो ।

तपाईको प्रतिक्रिया