कर्णाली प्रदेशलाई सुरक्षित नमुना प्रदेश बनाइने

सुर्खेत । नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशलाई नमुना सुरक्षित प्रदेश बनाउने उद्देश्यले सुरक्षित कर्णाली विशेष अभियानलाई अगाडी बढाइएको बताए ।

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पामा सुरक्षाको अवस्था प्रहरी इकाईको व्यवस्थापन लगायत सडकको अवस्थाको स्थलगत अनुगमनको क्रममा डोल्पा पुग्नु भएका कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ढकालले सो विषयका बारेमा जानकारी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा सञ्चारकर्मीसँगको भेटघाटमा बोल्दै प्रमुख ढकालले कस्तो खालको सुरक्षा आवश्यकता छ भन्ने कुराको नागरिकसँग सुझाव सङ्कलन गरेर सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत प्रत्येक जिल्ला प्रहरी कार्यालय र मातहतका इकाईमा नागरिक सहजता केन्द्र स्थापना सवारी साधनमा यात्रुमैत्री सवारी अभियान प्रदेशका जिल्लामा अपराध हुनै नदिने भइहालेमा वस्तुनिष्ठ अनुसन्धान सुदृढीकरणमा जोड दिइएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया