विद्यालय बन्द हुँदा कसरी सफल होला आजबाट सुरु हुने दादुरा खोप अभियान ?

यस्तो छ जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतको तयारी

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न मितिमा पाँच जनामा दादुरा रोग देखा परेको बताउँदै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले आजबाट दादुरा रुवेला विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ ।

अत्याधिक गर्मीका कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा आजदेखि असार पाँच गतेसम्म १५ वर्ष मुनिका एक लाख नौ हजार बालबालिकालाई खोज र खोप अभियानमार्फत दादुराको खोप लगाईने तयारी कार्यालयको छ ।

सुर्खेत जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा ६५ जना शंकास्पद विरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा भेटिएको हो । गुर्भाकोटका एक जना, चिंगाड र वीरेन्द्रनगरका दुई दुई जनामा दादुरा भेटिएको थियो ।

सुर्खेतका ५४७ ओटै खोप केन्द्रमा दादुरा खोप लगाईने भएको हो । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाईने भएको छ ।

तर अत्याधिक गर्मीका कारण अधिकांश विद्यालय बन्द भएपछि खोप अभियान असफल हुने त होइन भनेर हामीले जन स्वास्थ्य कार्यालय प्रमुख गणेश भक्त गौतमलाई प्रश्न गरेका छौं ।

‘हामीले अपेक्षा गरेअनुसार विद्यालय बन्द हुँदैनन भन्ने थियो तर अत्याधिक गर्मीका कारण विद्यालयहरु एक साताका लागि बन्द भएका छन् । तरपनि अब हामीले जिल्लाका सबै स्वास्थ्य संस्थामा खोप लगाउने तयारी गरेका छौं भने जुन विद्यालय खुल्छ उक्त विद्यालयमा हामीले खोप लगाउने छौं ।’

उनले भने, ‘असार एक गतेसम्म विद्यालय बन्द हुने भएपनि त्यसपछि खुल्ने सार्वजनिक एवम नीजि विद्यालयमा खोप लगाउने कार्यलाई तीव्रता दिन्छाै । हामी आफ्नो लक्ष्य अनुसार नै सफलताको शिखरमा पुग्नेमा आशावादी छौं ।’

तपाईको प्रतिक्रिया