वीरेन्द्रनगरको मुख्य बजारमा कालोपत्रे तयार नहुँदै मोटरसाईकल पार्किङ्ग गर्न सुरु

सुर्खेत । कर्णाली प्रदेशमा हुने गरेका विकास आयोजनाहरु समयावधी पहिले नै किन भत्किन्छन्, भन्ने उदाहरण हेर्न कर्णाली प्रदेशको मुख्य बजार क्षेत्रमा तपाई पुग्नु भए हुन्छ ।

झण्डै १३ करोडको लगानीमा वीरेन्द्रनगरका मुख्य सडक कालोपत्रे भइरहँदा स्थानीयहरु भने कालोपत्रे तयार नहुँदै मोटरसाईकल पार्किङ्ग गर्न थालेका छन् ।

१८ सय मिटर कालोपत्रे गरेर असार १५ सम्म सक्ने तयारी सहित तीव्र गतिमा काम गरिरहेको पूर्वाधार विकास निर्देशनालयलाई कालोपत्रे तयार नहुँदै जथाभावी मोटरसाईकल पार्किङ्ग गर्दा पहिलो गासमै ढुंगा लाग्ने देखिएको छ ।

‘कम्तीमा कालोपत्रे तयार हुन त दिनुपर्छ नि ।’ पत्रकार प्रवाश कुमार शाक्य भन्छन्, ‘यो भनेको चेतान हाम्रो कहाँ र कति छ भन्ने कुराको पुष्टि हुन्छ ।’

उनले फेसबुकमा राखेको तस्वीर मुनि अर्का पत्रकार खिम बुढाले सडक कालोपत्रे बन्दै गर्दा मोटरसाईकल पार्किङ्ग गर्ने अनि भोलीपल्ट कालोपत्रे उक्कियो भनेर भन्ने फेसबुकमा आलोचना गर्नेहरुलाई नियामक निकायले कारवाही गर्नुपर्ने बताए ।

भोलि कस्तो खत्तम पिच भन्दै हिड्छन, अहिले यस्तो गर्छन अनि कहि हुन्छ ।’ उनले लेखेका छन् । यसैबीच, कालोपत्रे तयार नहुँदै मोटरसाईकल पार्किङ्ग गर्नेलाई ट्राफिक प्रहरी कार्यालयले कारवाही गर्न सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया