सुवेदी प्रतिष्ठानको कर्णाली प्रदेश कुलपतिमा डा.आनन्द प्रसाद सुवेदी सर्वसमत चयन

सुर्खेत । आफ्ना पुर्खाको गौरवमय ईतिहास खोजौँ बन्धु बान्धवमा सु-सम्बन्ध सदाचार एवम् भातृत्वको भावना कायम गरौँ भन्ने नारासहित सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपालको प्रथम कर्णाली प्रदेश अधिवेशन सम्पन्न भएको छ ।

सोमबार वीरेन्द्रनगरमा आयोजीत प्रथम सम्मेलनले प्रदेश कमिटी गठन गरेको छ । जसको प्रदेश कुलपतिमा डा. आनन्द प्रसाद सुवेदी सर्वसमत चयन भएका छन् ।

यस्तै उपकुलपतिमा अर्जुन सुवेदी, सचिवमा जीवन सुवेदी, कोषाध्यक्षमा अवि सुबेदी चयन भएका छन् । यस्तै सदस्यहरूमा मोहनराज सुवेदी भिम प्रसाद सुवेदी रमेश सुवेदी शिवराज सुवेदी मोहन प्रसाद सुवेदी कूष्ण प्रसाद सुवेदी दैलेख (क) र कूष्ण प्रसाद सुवेदी सुर्खेत (ख), गणेश सुवेदी, र टिकाराम सुवेदी चयन भएका छन् ।

यस्तै सुर्खेत जिल्ला समिती पनी सोमबार नै चयन भएको छ । सुर्खेत जिल्ला कुलपतिमा मदनकृष्ण सुवेदी चयन भएका छन् । उपकुलपतिमा अमृता सुवेदी (नेवारे) सचिवमा राजन सुवेदी , सह सचिवमा गणेश सुवेदी, कोषाध्यक्षमा कविराम सुवेदी, चयन भएका छन् ।

यस्तै सदस्यमा वेद प्रसाद सुवेदी, रमेश सुवेदी , राम सुवेदी, अमृता सुवेदी , धर्मराज सुवेदी, राम प्रसाद सुवेदी विजय सुवेदी, र नरेन्द्र सुवेदी चयन भएका हुन् ।

यस्तै समितिले केन्द्रीय सदस्यमा देवकुमार सुवेदी र प्रदेश रक्षक कुलपतिमा कपिलमणी सुवेदीलाई चयन गरेको छ । यस्तै सुवेदी कल्याण प्रतिष्ठान नेपालले तीन जनलाई सम्मान गरेको छ । सम्मानित हुनेमा छवि सुवेदी , डा. शक्ति प्रसाद सुवेदी, र जगत सुवेदी रहेका छन् ।

कार्यक्रममा सुवेदी कल्याण प्रतीष्ठान नेपालका केन्द्रीय पदाधिकारीको उपस्थीत रहेको थियो । नव गठित पदाधिकारीलाई केन्द्रीय कुलाधिपती देवी प्रशाद सुवेदीले सपथ खुवाएका थिए ।

तपाईको प्रतिक्रिया