फोक्सुण्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना

डोल्पा । शे-फोक्सुण्डो गाउँपालिका –८ रिग्मो गाउँमा रहेको पर्यटकीय स्थल फोक्सुण्डो तालमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी महानिरीक्षक भीमप्रसाद ढकालले फोक्सुण्डो तालमा पुगेर अस्थायी प्रहरी पोष्टको स्थापना गरेका छन् ।

आन्तरिक तथा विदेशी पर्यटकहरूको आगमन भइरहने सुन्दर पर्यटकीय स्थल फोक्सुण्डोमा आपराधिक क्रियाकलाप हुन नपाओस् भनेर पहिलो पटक अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको र यसलाई बिस्तारै स्रोतसाधनले सम्पन्न गराएर स्थायी बनाइने प्रदेश प्रहरी महानिरीक्षक ढकालले बताए ।

त्यस्तैगरी पछिल्लो समय फोक्सुण्डो तालमा पर्यटकहरूको आगमन वृद्धि भइरहेकाले पर्यटकलाई सुरक्षा प्रदान गर्न तथा सुरक्षित फोक्सुण्डो सुरक्षित पर्यटक भन्ने अवधारणा अनुरूप छिट्टै फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटको समेत स्थापना गरिने प्रहरी महानिरीक्षक ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया