मुलपानीमा ट्रकको ठक्करबाट घाइते भएका थापाकाे मूत्यु

सुर्खेत । वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको उपचारको क्रममा मूत्यु भएको छ । वीरेन्द्रनगरमा रहेको बाबु एण्ड सब्जी मण्डीको कर्णाली प्रदेश ०२ ००१ क ०४४१ को गाडिले जेठ ११ गते दुल्लु नगरपालिका–११ का ४० वर्षीय गणेश बहादुर थापालाई मुलपानी चोकमा ठक्कर दिएको थियो ।

उनको आज प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मूत्यु भएपछी आफन्तहरु सब्जी मण्डी घेर्न गएका हुन् । उनीहरुले क्षतीपूर्ती र राहत पाउनु पर्ने माग राख्दै सब्जी मण्डीमा धर्ना दिईरहेका छन् । प्रहरीले दुवै पक्षलाई छलफलमा राखेर वार्ता गराउने प्रयास गरेको सुर्खेत प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया