वीरेन्द्रनगरमा नगर बस सञ्चालन गर्न निजी क्षेत्र तयार

सुर्खेत । अन्तत वीरेन्द्रनगरमा नगर बस सञ्चालनका लागि निजी क्षेत्र तयार भएको छ । वीरेन्द्रनगर नगरपालिकाले वर्षौदेखि नीति तथा कार्यक्रममा समावेश गर्ने तर सञ्चालनमा कुनै चाँसो नदिने नगर बस सेवा नीजि क्षेत्रले सञ्चालन गर्ने भएको हो ।

संयुक्त यातायात व्यबस्थापन समितीले शुक्रवारबाट वीरेन्द्रनगरमा नगर बस सञ्चालन गर्ने भएको छ । जसको जानकारी दिन शुक्रवार विहान पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

पछिल्लो समय तीन पाग्रें (अटो) ले नगर क्षेत्रमा मनोमानी गर्न थालेको जनगुनासो बढ्न थालेपछि संयुक्त यातायात व्यबस्थापन समितीले आफ्नै नगर बस सञ्चालन गर्न लागेको हो ।

काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाका अनुसार पहिलो चरणमा १० वटा फोर्स गाडीबाट धुलिायाबिटदेखि बाङ्गेसिमलसल रुटमा सेवा सुचारु गर्न लागिएको हो । उनका अनुसार दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरुमा बस सञ्चालन गरिने छ ।

तपाईको प्रतिक्रिया