आजबाट वीरेन्द्रनगरमा नगर बस सञ्चालन यस्तो छ, रुट

सुर्खेत । वीरेन्द्रनगरमा आजबाट नगर बस सञ्चालन सुरु हुदै छ । संयुक्त यातायात व्यबस्थापन समितीले आजबाट वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गर्ने लागेको हो । पहिलो चरणमा १० वटा फोर्स गाडीबाट धुलिायाबिटदेखि बाङ्गेसिमलसल रुटमा सेवा सुचारु गर्न लागिएको हो ।

दोस्रो चरणमा नगर क्षेत्रका भित्री सडकहरु धुलियाविट-मंगलगढी-मुलपानी-प्रदेश अस्पताल-कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल र हुदै पुन् सोही रूट भएर गाडीहरू फर्कने छन्।  वीरेन्द्रनगरमा  अटोले नगर क्षेत्रमा मनोमानी गर्न थालेको जनगुनासो बढ्न थालेपछि संयुक्त यातायात व्यबस्थापन समितीले आफ्नै नगर बस सञ्चालन गर्न लागेको हो ।

तपाईको प्रतिक्रिया