वीरेन्द्रनगरका अटाे व्यवसायी दुई धारमा, छुट्टाछुट्टै आन्दोलन

सुर्खेत । वीरेन्द्रनगरमा सञ्चालन हुँदै आएका अटाे व्यवसायी दुई धारमा देखा परेका छन् । केही दिन यता वीरेन्द्रनगर नगरपालिकाले रुट परमिट जारी गरेपछि त्यसकाे बिराेधमा उत्रिएका सुर्खेत उपत्यका अटाे व्यवसायी संघर्ष समितिवविरुद्ध अर्काे समूह बिराेधमा उत्रिएकाे छ ।

उक्त समूहले रुट परमिट र व्यवसायी समिति खारेजीकाे माग गर्दै अटाे बन्द गराएका छन् । आइतबार उक्त समूहले जवरजस्ती अटाेहरु बन्द गराएकाे भन्दै संघर्ष समितिले सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा समक्ष ध्यानाकर्षण पत्र बुझाएका छन् ।

‘उपरोक्त विषयका सम्बन्धमा यस सुर्खेत उपत्यकामा सञ्चालन भइरहेका अटो व्यवसायीहरुले प्रालिविरुद्ध अटो व्यवसायिक समिति खडा गरी विभिन्न माग राखी नगरपालिकामा पेश गरेकोमा विचौलिया मार्फत विभिन्न कपोकल्पीत माग राखी नक्कली समिति खडा गरी मिति २०८० असार ३ गतेदखि अटो जम्मा गरेर बन्दको आव्हान गरेकोले यसमा सुर्खेत उपत्यका अटो संघर्ष समितिको कुनै संलग्नता नभएको जानकारी गराउदछौं ।’ संघर्ष समितिका संयाेजक गणेश रेग्मीद्वारा जारी पत्रमा भनिएकाे छ, ‘यसबाट हुने भौतिक तथा मानवीय क्षतिको सम्पूर्ण जिम्मेवार सुर्खेत उपत्यका अटो संघर्ष समिति जवाफदेही नहुने व्यहोरा जानकारीसमेत गराउदछौं ।’

संघर्ष समितिद्वारा जारी पत्र 

तपाईको प्रतिक्रिया