सुर्खेतमा नक्कली पेय पदार्थ विक्री वितरण हुँदै, प्रशासन मौन

सुर्खेत । सुर्खेत जिल्लाका वीरेन्द्रनगरसहित अधिकांश बजारमा नक्कली पेय पदार्थको विक्री वितरण हुन थालेको छ । हेर्दा खेरि ड्यू, कोकाकोला जस्तै देखिने यी नक्कली पेय पदार्थे बजारमा आधिपत्य जमाएका हुन ।

नागरिकले ओरिजिनल भनेर कोक, फेन्टा, ड्यू कै मूल्य तिरेर नक्कली पदार्थ सेवन गरिरहँदा यसलाई नियामन गर्ने निकाय भने मौन बसेको पाइएको हो ।

कर्णाली प्रदेशका वरिष्ठ पत्रकार हरिहरसिंह राठौरले सामाजिक सञ्जालमा आए एक तस्वीर शेयर गर्दै भनेका छन, ‘ यो कोकाकोला र डिउ को डुप्लिकेट हो । सक्कलि कै मोलमा नक्कली बेच्दा धेरै फाईदा आउने । कर्णाली प्रदेश नक्कली सामान र म्याद गुज्रेका सामान् बिकाउने थलो भयेको छ । यसरि हुबहु मेल खाने, झुक्याउने उत्पादन गर्न पाईन्न । र सक्कली कै मोल्मा बेच्ने त ठगि हो ।

तर् बजार यसैले लियो । सुन्दा अचम्म लाग्ला यो नक्कली उत्पादन सुर्खेत कै औध्योगिक क्षेत्रको पानी फ्याक्ट्रीमा । घुस दिए जे पनि गर्न पाइने मुलुक ।’ उनले यस्ता गतिविधि नियन्त्रण गर्न प्रशासन अनुदार भएको आरोप समेत लगाएका छन् ।

सामाजिक सञ्जालमा उनले तस्वीर राखेपछि विभिन्न खालका कमेन्ट आएका छन् । कसैले कर्णालीमा ८० प्रतिशत सामान नक्कली आउने गरेको लेखेका छन्, भने कसैले आफूले डुप्लीकेट भन्दा व्यापारीबाट झण्डै केटिएको तितो यथार्थ पोखेका छन् ।

यस विषयमा सुर्खेत स्थित खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय प्रमुख भेषबहादुर थापाले अनुमति लिए नलिएको र गुणस्तर भए नभएको मात्रै हेर्ने जिम्मा रहेको बताए । ‘कानून अनुसार हामीले गुणस्तर भए नभएको र उत्पादक कम्पनी दर्ता भए नभएको मात्रै हेर्छौं ।’ उनले भने ।

तपाईको प्रतिक्रिया