छिन्चु बजारबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चु बजारबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका- १ बस्ने बर्ष अन्दाजी २७ वर्षका दिनेश रसाईली र मोटरसाईकलकाे पछाडी सवार रहेका २३ वर्षका सुवास चन्द पहाडी वि.क रहेका छन् ।

नेपालगंज देखि सुर्खेत तर्फ आउँदै गरेको कर्णाली पदेश-०२००२ -प- ५५४३ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले शंका मानेर चेकजाँच गर्ने क्रममा ५ पुरिया (नापतौल नगरेको) लागूऔषध ब्राउन सुगर खैरो धुलो पदार्थसहित उनीहरुलाई पक्राउ गरिएको हो । अहिले मोटरसाईकल सहित उनिहरु दुबै जनालाई ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया