वीरेन्द्रनगरबाट लागूऔषध सहित १ र जुम्लाबाट ३ जना पक्राउ

सुर्खेत ।   सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-२ ठउरीबाट लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ गरेका छन् । ठउरी वस्ने २० बर्षका प्रकाश चौधरीको घरमा अवैध लागूऔषध हुन्छ, भन्ने आशंकाका आधारमा प्रहरी चौकि बाङ्गेसिमलबाट खटिएको ५ जनाको टोलीले उनको घरमा चेकजाँच गर्दा धुलो पदार्थ नापतौल गर्दा शुद्ध १५० मिलिग्राम भएको लागूऔषध ब्राउनसुगर सहित उनलाई पक्राउ गरेको छ । चौधरीलाई पक्राउ गरेर अनुसन्धान भईरहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यस्तै जुम्लाको चन्दननाथ नगरपालिका-४ भारतीवाडाको चिया नास्ता पसलबाट लागूऔषध सेवन गरी रहेको अवस्थामा तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नमा चन्दननाथका ४८ वर्षका खगेन्द्र भण्डारी, कनकासुन्दरी गाउँपालिका-२ का २९ वर्ष लाल बहादुर रोकाया, र सोहि ठाउँमा बस्ने ४६ बर्षको हरे राम खत्री रहेका छन् ।

उनिहरुलाई  जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । लागूऔषध ब्युरो सहितको संयुक्त प्रहरी टोलिले उनीहरुलाई रितपुर्वक खानतलासी गर्दा निज हरे राम खत्रीले लगाएको कोटको खल्ति बाट लागूऔषध चरेश कालो पदार्थ शुद्ध ९३० मिलिग्राम फेला परेको थियो ।  उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा राखिएको छ ।

तपाईको प्रतिक्रिया