आज आइतबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं । आज आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। आइतबार राति कोशी, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेस प्रदेश र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया