
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल आज बिहीबार सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४७५ छ। यो कुल परीक्षार्थीको २.९ प्रतिशत हो।

सबैभन्दा धेरै २ देखि २.४ जीपीए ल्याउने विद्यार्थी छन्। उनीहरुको संख्या १ लाख २ हजार २९३ छ। यस वर्षको एसईईमा ४ लाख ८४ हजार ९३९ जना परीक्षार्थी सहभागी भएका थिए।

नेपालीरैबार । २०८० असार २१, बिहीबार