वीरेन्द्रनगर-३ को कार्यवहाक वडाअध्यक्षको जिम्मेवारी थापालाई

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं– ३ को कार्यवहाक वडाअध्यक्षको जिम्मेवारी शेर बहादुर थापाले पाएका छन् ।

उक्त वडाका वडाअध्यक्ष विनोदसिंह विष्ट केहिदिन अगाडी खोर्केखोला तटवन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपैयाँ लुटेको आरोपमा पक्राउ परेपछी वडा सदस्य थापालाई कार्यवहाकको जिम्मेवारी दिएको हो ।

५५ वर्षका थापा नेपाली कांग्रेसबाट २०७९ सालको स्थानिय तहको चुनावमा वडा सदस्यमा निर्वाचित भएका थिए । धेरै दिनदेखी वडाका सेवाहरु बन्द हुदा नागरिकहरु मारमा परेका थिए । अब वडाअध्यक्ष विनोदसिंह विष्टलाई अदालतको फैसला नहुन्जेल उनैले वडाको सबै काम हेर्ने भएका हुन् ।

तपाईको प्रतिक्रिया