अब पुर्वी सुर्खेतकाे मेहलकुनाबाट नागरिकता पाईने

सुर्खेत । पुर्वी सुर्खेतकाे गुर्भाकाेट नगरपालिका वडा नम्बर- ७ मेहलकुना बजारबाट अब नागरिकता सेवा पाईने भएकाे छ । शनिबार ईलाका प्रशासन कार्यलयकाे उद्घाटन भएसगैँ पुर्वी सुर्खेतका नागरिकलाई नागरिकता सेवा लिन वीरेन्द्रनगर जानुपर्ने बाध्यता हटेकाे हाे । शनिवार एक कार्यक्रमका बिच उप- प्रधानमन्त्री तथा रक्षामन्त्री पुर्ण बहादुर खड्काले साे कार्यालयकाे भवन उद्घाटन गरेका हुन् ।

प्रशासन कार्यालय उद्घाटन भएसङ्गै सिफारिस पत्र र नागरिकताकाे सेवा सुरू भएकाे छ । साथै दुई जना सेवाग्राहीहरूलाई आज नागरिकता प्रदान गरिएकाे थियाे । स्थानीय रोशनी शर्मा र प्रेरणा शर्माले नागरिकता प्राप्त गरेका हुन् । उद्घाटन कार्यक्रममा बाेल्दै उनले अब मेहलकुनामा ईलाका प्रहरी कार्यलय पनि छिटै सञ्चालन हुने बताए । उनले पाेखरे मेहलकुना फाेरलेनकाे काम तिव्र गतिमा भएकाे बताए । मेलकुनामा ५० सय्याकाे अस्पतालकाे काम पनि तिव्र गतिमा अघि बढेकाे बताउदै नेता खड्काले  भेरीगंगा नमुना उपत्यका सहर २० वर्षमा तयार गरेर भावि पुस्तालाई नासाे दिने उल्लेख गरे । उनले सुर्खेतलाई सुन्दर र हेर्ने लाएक बनाएर नयाँ पुस्तालाई अबसर दिने  सङ्केत गरे ।

साथै मुलुककाे अर्थतन्त्रले साथ नदिएकाे बताउदै उन्नती प्रगति हुन नसकेकाे नेता खड्काकाे भनाई थियाे । उनले बाहिर देशहरूकाे लडाइँले आएमा असर परेकाे बताए । अहिले ७० वर्षकाे परिवर्तनलाई अाैँला ठडाउने काम भईरहेकाे भन्दै समयले अबसर र चुनाैति दुबै दिएकाे  उनले उल्लेख गरे ।

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बेदराज सिंह, सामाजिक विकास मन्त्री खड्ग बहादुर पाेखरेल, आन्तरिक मामिला तथा कानुन मन्त्री, कृष्ण बहादुर जिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा गुर्भाकाेट नगरपालिकाका प्रमुख हस्त पुन, लेकबेशी नगरपालिका प्रमुख उमेश पाैडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधी कर्मचारी लगाएतकाे सहभागी रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया