
सुर्खेत । कर्णाली करिडोरको कालिकोट सडक खण्डमा मालवाहक ट्क दुर्घटना भएको छ । कर्णाली करिडोर अन्तर्गत पर्ने पचालझरना गाउँपालिका –६ को कट्टेखोलामा सो ट्रक आज दुर्घटनामा परेको हो ।
हुम्लाबाट सुर्खेततर्फ जाँदैगरेको भे १ ख ३०१३ नम्वरको ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । गाडीचालक दैलेख ठाटीकाँध –१ का मिनवहादुर तिरुवा सकुसल छन् ।
सहचालक दैलेख दुल्लु नगरपालिका –१ का कबि पोख्रेल र पचालझरना गाउँपालिका –६ का गणेशदत्त संज्याल, मेगराज संज्याल, आनन्द संज्याल र कुशराज संज्याल घाइते भएका छन् । ओरालो सडकमा ट्रक हुत्तिएर दुर्घटना भएको हाे । घाइतेहरुको पलाँता अस्पतालमा उपचार भइरहेको छ ।

नेपालीरैबार । २०८० श्रावण १, सोमबार