सालकोट स्वास्थ्य केन्द्रबाट एचआईभी संक्रमीतको आयु लम्बाउने औषधी निशुल्क पाईने

सुर्खेत । पश्चियम  सुर्खेतको पञ्चपुरी नगरपालिका-२ मा रहेको सालकोट प्रथामिक स्वास्थ केन्द्रबाट एचआईभी संक्रमीहरुको आयु लम्बाउने औषधी निशुल्क रुपमा पाईने भएको छ ।

यसअघी पश्चियमको बिकट क्षेत्रबाट लामो र झंन्जटिलो यात्रा गरेर औषधी ल्याउन वीरेन्द्रनगर आउनु पर्थ्यो, मंगलबारदेखी स्वास्थ्य चौकीमै नि-शुल्क रुपमा औषधी पाईने भएपछी अब वीरेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको हो ।

मंगलबार पञ्चपुरी नगरपालिकाका प्रमुख लालवीर भण्डारीले रिवन काटेर सेवाको सुभारम्भ गरेको थिए । कार्यक्रममा प्रमुख भण्डारीले सबैको सहयोग र साथ भएमा दिर्घकालिन रुपमा सेवा दिन सकिने बताए ।

सेवा सुभारम्भ कार्यक्रममा पञ्चपुरीका नगरपालिकाका उपप्रमुख, जनस्वाथ्य सेवा कार्यालयका प्रमुख, नव किरण प्लसका प्रमुख देबेन्द्र पाठक लगाएतले आप्नो भनाई व्यक्त गरेका थिए । सो कार्यक्रम पञ्चपुरी नगरपालिका वडा नम्बर- २ का वडा अध्यक्षको अध्यक्षतामा सम्पन भएको थियो ।

तपाईको प्रतिक्रिया