कर्णाली अटाेमाेबाईल्सकाे प्रदेश अध्यक्षमा भद्र भण्डारी पुन: चयन

सुर्खेत । कर्णाली अटाेमाेबाईल्स एशाेसिएशन नेपालकाे प्रथम वार्षिक साधारणसभा सम्पन्न भएकाे छ । बिहीबार वीरेन्द्रनगरमा आयाेजना गरिएको साधारणसभाबाट भद्र भण्डारीकाे अध्यक्षतामा ११ जनाकाे कमिटी चयन गरिएको छ ।

भण्डारीलाई अध्यक्षमा पुन : गरिएको हाे । उनी न्यु बुलबुले अटाे माेबाईल्सका सञ्चालक समेत हुन् । यस्तै उपाध्यक्षमा गाेपाल पाैडेल, प्रकाश कुमार शाही र सैयद अव्वर अलि चयन भएका छन्।

यस्तै महासचिवमा इन्द्र बहादुर खड्का , सचिवमा प्रकाश थापा काेषाध्यक्षमा यामलाल आचार्यलाई चयन गरिएकाे हाे ।
यस्तै सदस्यहरूमा तेज प्रकाश रिमाल, सुर्य थापा,अर्जुन दाहाल, राजन वली, चयन भएका छन्।

अध्यक्ष भण्डारीले सल्लाहकारमा लक्ष्मण कंडेल, गणेश बस्नेतलाई मनाेनित गरेका छन् । उनले अध्यक्षमा सर्वसम्मत निर्वाचित गराएकाेमा सबैलाई धन्यवाद समेत व्यक्त गरे ।

कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले पछिल्लो समय बजारमा आर्थिक मन्दीका कारण अटोमोबाईल्स व्यवसाय धरसायी भएको बताए ।

पछिल्लो समय सर्भिस घटेको भन्दै यसलाई सुधार गर्न सरकारसँग अनुरोध गरेकाे बताए । कंडेलले व्यवसायिक हकहितका निम्ती काम गर्न नयाँ कार्य समितिलाई सुझाव दिए ।

राज्यले लिएको नीति र परिस्थितिले यो व्यवसाय अगाडी बढ्न नसकेको कंडेलकाे भनाई थियाे । कार्यक्रममा अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा) केन्द्रीय उपाध्यक्ष राजनबाबु श्रेष्ठले सरकारले अटाे व्याबसाहीलाई हेर्ने नजर अझै राम्रो बनाउनुपर्नेमा जाेड दिए ।

यस्तै अटोमोबाइल्स एसाेसिएसन अफ नेपालका केन्द्रीय अध्यक्ष धुर्व बहादुर थापाले व्यवसायीहरू धरासाही भएकाे भन्दै सरकारसंग बहस गर्ने कुराका कुनै कमि नभएकाे बताए । उनले अब केही सुधार हुने विश्वास समेत व्यक्त गरे ।

उनले सबै अटाे व्यबसाहीकाे भावनालाई समेटेर अघि बढ्ने बताए । अध्यक्ष थापाले कर्णाली अटाे माेबाईल्सका नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारीलाई बधाई तथा शुभकामना व्यक्त गरे।

तपाईको प्रतिक्रिया