वीरेन्द्रनगर ३ जुम्लारोडबाट लागूऔषध सहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ जुम्ला रोडबाट लागूऔषध सहित  एक जना पक्राउ परेका छन् ।

बिहिबार बराहाताल गाउँपालिका-२ का ३१ बर्षका लिल बहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा उनको साथबाट १४ पुडिया (नापतौल गर्दा शुद्ध तौल २१० मिलिग्राम) भएको धुलो पद्धार्थ सहित नियन्त्रणमा लिएको हो ।

उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया