
सुर्खेत । जिल्लाकाे भेरीगंगा नगरपालिका-१० तोलीखोलाबाट अवैध लुगा बरामद गरिएको छ ।
शुक्रबार नेपालगंजबाट सुर्खेत तर्फ आउदै गरेको लु- १ ज ३५७१ नम्बरको फोर्स गाडिलाई चेक जाँच गर्दा ३३ जोर कुर्ता सुरुवाल , ४ जोर लेडिज पाइन्ट वरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको ३ जनाको प्रहरी टोलीले उक्त सामानको कुनै पनि बिल नभएको अबस्थामा बरामद गरेको जनाएको छ ।
उक्त सामानको अन्दाजी मुल्य ४१ हजार ६०० रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीरैबार । २०८० श्रावण १३, शनिबार