काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तमा द्रुत गतिमा हुँइकिएको यात्रुवाहक बसका चालक निदाउँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना महिला र दुई जना बालबालिकाले ज्यान गुमाएका छन् । दुर्घटनामा २० जना घाइते भएका छन् ।
पूर्वी पञ्जाब प्रान्तको राजनपुर जिल्लामा आइतवार उक्त दुर्घटना भएको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताएको छ । दुर्घटनाबारे जानकारी पाउनेबित्तिकै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेलाई नजिकैको अस्पताल पुर्याइएको समाचारमा उल्लेख छ ।
तीर्थयात्री सवार उक्त बस पञ्जाबको दक्षिणी क्षेत्रमा रहेको सुफी संत सखी सरवरको मन्दिरबाट ज्याकोबाबाद जिल्लातर्फ फर्केको थियो । दुर्घटनामा घाइते भएका बस चालकले यात्रा सुरु गर्नुअघि चरेस सेवन गरेको आशङ्का स्थानीय प्रहरीले उनको रगत परीक्षण गराउन आदेश दिएको छ ।
एजेन्सी । २०८० श्रावण १४, आईतवार