भारतमा पहिराेमा परी कर्णालीका १७ जना वेपत्ता

सुर्खेत । भारतकाे उत्तरखाण्डमा पहिराेले हाेटल बगाउँदा कर्णालीका १७ जना बेपत्ता भएका छन् । केदारनाथ प्रवेश गर्ने सडक खण्डको रूद्रप्रयागमा पहिराेले हाेटल बगाउँदा जुम्ला र हुम्ला जिल्लाका १७ जना बेपत्ता रहेकाे भारती मिडिया जागरणले उल्लेख गरेकाे छ ।

बेपत्ता हुनेमा जुम्लाका चन्द्र कामी, उनका छाेरा लालबहादुर कामी, सुखरा रावत र उनका छाेरा जाेरा रावत रहेकाे बताईएकाे छ । यस्तै, हुम्लाका घर भएका वीरबहादुरले गाैरीकुण्डमा हाेटल सञ्चालन गर्दै आएका थिए ।

उनकाे हाेटलमा खाना खान गएकाे बेला पहिराले हाेटल बगाएको भारतीय मिडिया जागरणले जनाएको छ । पहिराेमा परेर हाेटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छाेरी निशा र छाेरा हरिबहादुर छन् ।

उनीहरूकाे थर भने खुलेकाे छैन् । वीरबहादुरकै हाेटलमा खाना खान गएका धर्मराज बुढा र छाेरा मानबहादुर बुढा पनि वेपत्ता छन् । बेपत्ता हुने थप सात जना पनि नेपाली रहेकाे खवरमा उल्लेख छ । तर उनीहरू नेपालकाे कुन ठाउँका हुन भन्ने खुलेकाे छैन् ।

बेपत्ता हुनेमा अमर बोहरा, उनका छाेराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छाेरीद्वय राधिका र पिंकी रहेका छन् ।
पहिरोले हाेटललाई मन्दाकिनी नदी खसेको खवरमा उल्लेख छ । वेपत्ता भएका सबैकाे खाेजी भईरहेकाे उत्तराखण्ड प्रहरीले जनाएको छ । याे क्षेत्रमा भारी वर्षा भईरहेकाले उद्दार तथा खाेजीमा कठिनाई भएको जागरणले उल्लेख गरेकाे छ ।

तपाईको प्रतिक्रिया