सुर्खेत । अध्ययन र रोजगारीका लागि विदेश जना चाहने युवाहरुलाई निशल्क परामर्श दिने उद्देश्यले वीरेन्द्रनगरमा प्रिज्म एजुकेशन एण्ड भिजा सर्भिस सञ्चालनमा आएको छ । सोमबार कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले एक समारोह बिच प्रिज्म एजुकेशनको उद्घाटन गरेका हुन् ।
पछिल्लो समय विद्यार्थीहरुमा अध्ययन र रोजगारीका लागि विदेश पहिलो रोजाई बन्न थालेपछि सुर्खेतमै निशुल्क परामर्श र तयारीका लागि भिजा सर्भिस सञ्चालनमा आएको हो ।
अष्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत, न्यूजिल्याण्ड, जापान तथा डेनमार्क लगायतका देशमा अध्ययन र रोजगारीमा जाने विद्यार्थीलाई आइएलटीएस, पीटिई र जापनिज भाषा तयारीका कक्षासहित आवश्यक परामर्श दिइने प्रिज्म एजुकेशनका सञ्चालक रमेश गुरुङ्गले बताए ।
‘कर्णालीबाट वैदेशिक रोजगारी र अध्ययनको तयारी र परामर्शका लागि काठमाडौ लगायत अन्य शहरहरुमा जानुपर्ने बाध्ययता छ,’ गुरुङ्गले भने, ‘हामीले दक्ष प्रशिक्षकसहित तयारी कक्षा, परामर्श र सहजिकरण दिन सुरु गरेका छौं, यसले कर्णाली प्रदेशका विद्यार्थीलाई सहज हुने विश्वास लिएका छौं ।’
नेपालीरैबार । २०८० भाद्र ५, मंगलवार