![](https://nepaliraibar.com/wp-content/uploads/2023/08/nraibar.gif)
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर- ३ एरिचोकको एक होटलमा जुवा खेलिरहेको अबस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जुवाखालबाट दुई लाख उन्नाइस हजार नगद सहित उनिहरुलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको सादा पोसाकमा खटिएको प्रहरी टोलिले उनिहरुलाई बुधबार पक्राउ गरेको हो । सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।
![](https://nepaliraibar.com/wp-content/uploads/2022/02/hare-Krishna-Dental.gif)
नेपालीरैबार । २०८० भाद्र ७, बिहीबार