देशभर आंशिक बदली, केहि स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र देशका बाँकी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हल्का देखि मध्यम वर्षाको सम्भावना रहका क्षेत्रका नदीमा जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोपको सम्भाना रहेको विभागले जनाएको छ । दैनिक जनजीवन र सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । मनसुनको न्यूनचापीय रेखा अहिले सरदर स्थानको आसपासमा रहेको छ ।

तपाईको प्रतिक्रिया