मनसुनी गतिविधि सक्रिय छैन् केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर रहँदा केही दिनदेखि मनसुनी गतिविधि धेरै सक्रिय छैन । जसका कारण देशमा भारी वर्षा भएको छैन । वर्षा भएका स्थानमा हल्कादेखि मध्यम वर्षा मात्रै भइरहेको छ ।

बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

बिहीबार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने तथा बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भन्दै विभागले सतर्क रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया