यी प्रदेशमा आज वर्षाको सम्भावना

काठमाडौं । केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदूई स्थानमा हल्का वर्षा भइरहेको छ ।

विभागले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र बाँकी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी प्रदेशका केही स्थानमा, मधेस, वाग्मती र गण्डकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भू–भागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने विभागले बताएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतिर छ । बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यूनचापीय प्रणाली विकसित भइरहेको विभागको भनाइ छ ।

तपाईको प्रतिक्रिया