वीरेन्द्रनगरका नगर माईक्रोबसमा नयाँ भाडादर कायम

सुर्खेत । हाल वीरेन्द्रनगरमा नगर माईक्रोबस बस सञ्चालन भइरहेका छन् । संयुक्त यातायात व्यबस्थापन समितीले गत असार १ गतेबाट वीरेन्द्रनगर उपत्यकामा नगर बस सञ्चालन गरेको थियो ।

अहिलेसम्म वीरेन्द्रनगरका जुनसुकै चोकमा जादा २० रुपैयाँमा माईक्रोबस चढ्न पाइएको थियो । तर नेपाल आयल निगमले पटक पटक इन्धनको मुल्य बढाएको भन्दै संयुक्त यातायात व्यबस्थापन समितीले भोली भदौ १६ गतेबाट नयाँ भाडा दर बनाएको छ । अब वीरेन्द्रनगरका जुनसुकै चोकमा जादा ३० रुपैयाँ लाग्ने भएको छ । आज शुक्रबार संयुक्त यातायात व्यवस्थापनद्वारा एक सुचना जारी गरेर सो कुराको जानकारी दिएको हो ।

हाल संयुक्त यातायातले नगर क्षेत्रका भित्री सडकहरु धुलियाविट, मंगलगढी,मुलपानी,प्रदेश अस्पताल,कुमाइचोक भएर हिलेखाली चोकबाट बाँगेसिमल र हुदै पुन् सोही रूट भएर गाडीहरू सञ्चालन गरिरहेका छन् ।

यस्तो छ संयुक्त यातायातको सुचना

उपरोक्त सम्बन्धमा संयुक्त यातायात व्यवस्थापनद्वारा सञ्चालित माईक्रो फोर्स गाडीमा रु.२० रुपैयाँका दरले स्थानिय रुटमा चढेको स्थानबाट आर्लने स्थानसम्मको भाडा लिएकोमा हाल पटक पटक इन्धनको मूल्य बढेको हुदा सोही रेटमा गाडी सञ्चालन गर्न नसकिने भएकाले मिति २०८०।५।१६ गते देखी भाडा वृद्धि गरी रु.३० रुपैयाँ तोकिएको व्यहोरा यात्रु महानुभावहरुमा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।

तपाईको प्रतिक्रिया