प्रदेश अस्पताल सुर्खेतमा एक महिलाको हेलिकोप्टरद्वारा उद्धार

सुर्खेत । कालीकोटबाट प्रदेश अस्पताल सुर्खेतमा एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको छ । खाँडाचक्र नगरपालिका –१० की एक सुत्केरी महिलाको हेलिकोप्टरद्वारा उद्धार गरिएको हो ।

कालिकोटको स्वास्थ्यचौकी पाखामा सुत्केरी भएकी २० बर्षकी विमला गोरालको सुत्केरीपछि शरीरमा रगतको मात्रा घट्दै गएको र रगत बग्न नरोकिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी उनलाई प्रदेश अस्पताल सुर्खेत ल्याइएको हो । समयमै उद्धार भएकाले सुत्केरी गोराल र बच्चाको ज्यान जोगिएको छ ।

छोराको जन्म नर्मल भए पनि ४२ हप्ता नाघिसकेका कारणले आमाको पाठेघरमा इन्जुरी भएकाले रगत बग्न नरोकिएको हो । रगत वग्न समेत नरोकिएपछि आपतकालीन हेलिकोप्टरमार्फत उद्धार गरिएको चिकित्सकको भनाइ छ । अहिले गोराल खतरामुक्त छन् ।

तपाईको प्रतिक्रिया