बागीना समुह सुर्खेतको आयोजनामा तिज सद्भावना मेला सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तीज मनाइएको छ । वागिना समूह सुर्खेतको आयोजनामा वीरेन्द्रनगरमा तीज कार्यक्रम उत्साहका साथ मनाइएको हो । वागिना समूहले वीरेन्द्रनगरको खुल्ला मञ्जमा हरितालिका तीजको अवसरमा सद्भावना मेलाको कार्यक्रमको आयोजना गरेको थियो ।


हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी मनाउँने यो पर्व वीरेन्द्रनगरसँगै सुर्खेतका पञ्चपुरी नगरपालिकाको बाबियाचौर, बराहतालको बड्डिचौर, भेरीगंगाको छिन्चु लगायतका स्थानमा तीज कार्यक्रम मनाइएको छ ।

हिन्दु नारीहरूको महान पर्व हरितालिका तीजलाई लिने गरिन्छ् । आजको दिन महिला अर्थात् नारीहरूले उत्साहका साथ मनाउँने गर्दछन् । भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरूमा नाचगान गरी यो पर्व मनाइन्छ ।

उक्त कार्यक्रम वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालल सभागिता रहेको थियो । यस्तै लामो समयदेखि कालाकारिता क्षेत्रमा योगदान पुर्याउनु भएका, सुर्खेती माटोमा जन्मिएर अन्तर्राष्ट्रिय स्तरसम्म देशलाई चिनाउन सफल, धेरै पटक स्वर्ण पदक हासिल गर्नुभएका युवाहरूका लागि उदाहरण बन्न सफल कलाकारहरू नन्दा वस्याल, सीता भण्डारी र माया थापालाई बागीनाले सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया