हाम्रो पालिका

म निर्वाचित भएपछि…?

नेपाली रैबारले अबदेखि ‘हाम्रो पालिका’ स्तम्भ सुरु गरेको छ । यस स्तम्भमा स्थानीय तहका जनप्रतिनिधिले आफु निर्वाचित भइसकेपछि गरेका कामकारबाही र उनीहरुको लक्ष्यमा रहेर सामग्री तयार गर्ने छौँ । पहिलो श्रृङ्खलामा हामीले दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख गणेशकुमार शाहीलाईसँग कुराकानी गरेका छौँ ।

म निर्वाचिन भएर आइसकेपछि हामीले हाम्रो चाहना भन्दा पनि जनताको आवाश्यकता के हो भन्ने कुरालाई मध्यनजर गरेर काम गर्ने प¥यास गरेका छौँ । हामीले यो बीचमा उपलब्धिका रुपमा विटक पाल्तमा बुथ केन्द्र स्थापना गरेका छौँ । चामुण्डामा प्रहरी चौकी स्थापना गरिएको छ । यसले समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिने छ । जनताकै आवाश्यकता र माग अनुसार हामीले यो काम गरेका हौँ । यहाँको मझुवा खानेपानी निकै लामो समयदेखिको ठुलो योजना हो । अहिलेसम्म सम्पन्न हुन सकिरहेको छैन तर, दक्षिणतर्फ पर्ने डौँसुरसम्म झार्ने काम भएको छ । यो आयोजना मेरै कार्यकालमा सम्पन्न गरेर जनतालाई खानेपानीको सहज पुहँचमा पु¥याउने मेरो लक्ष्य रहेको छ ।

यही बर्ष हामीले पाल्तमा सडक पु¥याउँदै छौँ । यो भनेको पालिकाको मुकामदेखि सबैभन्दा उत्तरतर्फ पर्ने ठाउँ हो । हामी विद्युको पहुँचमा पुगिसकेका छौँ । तर, सबै वडाका विस्तार हुन बाँकी छ । यही बर्षमा सबै वडाहरुमा विद्युत लाइन विस्तार गरिसक्ने हाम्रो लक्ष्य रहेको छ । स्वास्थ्य, शिक्षा क्षेत्रमा पनि हामीले केही भिन्न र नयाँ तरिकाले काम गरिरहेका छौँ । गर्भवती महिलाहरुको भिडिओ एक्सरे लगायतका सेवाहरु पालिकास्तरमै गर्ने व्यवस्था मिलाएको छु ।

सामाजिक सुरक्षाभत्ता वितरणमा हामीले सहजता अपनाएका छौँ । पहिला जेष्ठ नागरिकहरु नगरपालिकाकै कार्यालयमा आउनुपथ्उर्यो । त्यहाँ ठुलो भिड हुन्थ्यो । त्यहाँ दुर दराजका आमाबुबाहरु आउन सक्नुहुन्थेन । भूगोलका हिसाबले चामुण्डाबिन्द्रासैनी नगरपालिका ठुलो छ । उक्त समस्यालाई मध्यनजर गरेर अहिले वडा कार्यालयबाट नै भत्ता वितरण गर्ने काम भइरहेको छ । यी कामहरु हेर्दा, सुन्दा सामान्य लागेपनि जनताका लागि आवाश्यक र महत्वपुर्ण काम हुन जस्तो लाग्छ । नागरिकले खोज्ने भनेको सहजता हो ।

शिक्षाको हिसाबले चामुण्डाबिन्द्रासैनी आफैमा शैक्षिक हवका रुपमा विकास हुँदै गरेको नगरपालिका हो । यसअघि डिग्री गर्नका लागि यहाँका विद्यार्थीहरुले सुर्खेत, नेपालगंज जानुपथ्र्यो । तर, आफ्नै पहलमा चामुण्डा कलेजमा डिग्रीका कक्षाहरु सञ्चालन भइरहेका छन् । बाहिर गएर लाखौँ रकम खर्च गर्ने बाध्यतालाई हामीले अन्त्य गरेका छौँ । आइएसीएजीलाई थप व्यवस्थित बनाएर काम गरिरहेका छौँ । प्राविधिक विद्यालयका रुपमा चामुण्डा उच्च माध्यामिक विद्यालयलाई विकास गरिरहेका छौँ ।

खेदकुदको विकासका लागि पनि हामी अग्रसर छौँ । यो बीचमा राष्ट्रपति रनिङ्ग शिल्डको आयोजना गरेका थियौँ । त्यो खेलबाट भलिबलका लागि राष्ट्रिय खेलाडी उत्पादन भएका छन्, पालिकामा । प्रदेशतर्फका कबड्डीका खेलाडीहरु तयार भएका छन् । यी र यस्ता खालका गतिविधि हामीले गरिरहेका छौँ, जो हाम्रा नगरबासीको प्रत्यक्ष जीवनशैलीमा टच हुन्छन् नै ।

गाउँ–गाउँमा सिंहदरबार’ नारामा सीमित

‘गाउँ–गाउँमा सिंहदरबार’ भनिएपनि खासगरीकन वित्तीय संघीयता भएपनि प्रशासनिक संघीयतामा अहिलेपनि समस्या छ । प्रयाप्त मात्रामा पालिकामा जनशक्ति नहुनु, प्रदेशमा नियम, कानुन नबन्नु, संघको वित्तीय समानिकरण अनुदानमा पालिकाहरु निर्भर रहनु, पालिकाको आन्तरिक आम्दानी कम हुनु हाम्रा समस्याका रुपमा रहेका छन् । ‘गाउँमा सिंहदरबार’ नारामा भएपनि व्यवहारमा त्यस्तो देखिँदैन । केवल नारामा मात्र सीमित रह्यो । व्यवहारमा त्यसको प्रयोग हुन सकेन । विभिन्न कानुन, नीति, विधिका अभावका कारण प्रयाप्त मात्रामा जनशक्ति अभावका कारण कार्यसम्पादनमा समेत असर परिरहेको छ । यी समस्याले संघीयता जुन ‘स्प्रिड’ का साथ लागु हुनुपथ्र्यो त्यो अनुसार लागु नभएको अनुभुती मैले गरेको छु ।

तीन तहका सरकारबीच समन्वय भएन

हाम्रो संविधानमा तीन तहका सरकारबीच एकल अधिकारसँगै साझा अधिकारहरुपनि छन् । जसले तीन वटा सरकारबीच समन्वयकारी भूमिकाका आधारका काम गर्न सकिने भनिएको छ । अधिकारहरु संविधानमा उल्लेख भएपनि व्यवहारमा लागु गर्न अझैपनि यावत् कठिनाईहरु छन् । मैले यो बीचको अनुभव सुनाउँनु पर्दा संविधानमा उल्लेख भएतापनि व्यवहारमा लागु गर्न निकै कठिनाईहरु भएका छन् । अर्को प्रदेश र संघीय सरकारले स्थानीय तहलाई जुन तरिकाले सहयोग गर्नुपथ्र्यो, त्यो अनुसार गरिरहेका छैनन । स्थानीय सरकार भनेको जनताको प्रत्यक्ष जनजीविकासम्म जोडिएको सरकार हो । हाम्रो आवाश्यकता अनुसार बजेट हुँदैन । समन्वयकारी भूमिका निर्वाह गर्ने अन्य सरकारहरुले ध्यान दिन्नन् । यसले गर्दा तीन तहका सरकारबीच जस्तो समन्वयकारी भूमिका हुनुपथ्र्यो त्यो हुन सकिरहेको छैन ।

पाँच बर्षभित्र चामुण्डाबिन्द्रासैनी कस्तो

मेरो कार्यकालभित्र एकदेखि नौ वटै वडामा जोड्ने सडकहरु विकास भइसक्ने छन् । मझुवा खानेपानी आयोजना सम्पन्न गरी साढे २६ हजार जनसंख्यामध्ये १८ हजारलाई खानेपानी खुवाइसक्ने छौँ । सबै घरमा विद्युत बल्ने छ भने शिक्षामा गुणस्तरियता कायम गर्दै शैक्षिक हवको रुपमा पालिकालाई अगाडि बढाइने छ । कृषिमा आत्मनिर्भर पालिका बनाउने उद्देश्यका साथ अहिले विभिन्न कामहरु भइरहेका छन् । नीति र कार्यक्रमहरु हाम्रा त्यतातर्फ केन्द्रीत छन् । समृद्ध चामुण्डाबिन्द्रासैनी नगरपालिका बनाउने हाम्रो लक्ष्य रहेको छ ।

तपाईको प्रतिक्रिया