सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कारण छैनः खड्का

सुर्खेत । सुर्खेत विमानस्थल विस्तार गर्ने वा नगर्ने विषयमा बहस भइरहँदा कार्यवहाक प्रधानमन्त्री समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्काले विस्तार कार्य अगाडि बढाइनुपर्ने बताएका छन् ।

सुर्खेत विमानस्थलका आज पत्रकारसँग कुराकानी गर्दै उनले धावनमार्ग विस्तार गर्ने कुरामा आफु सहमत नै रहेको कुरा औंल्याए । यद्यपि दिर्घकालिन रुपमा कर्णालीका लागि नयाँ विमानस्थल भने आवाश्यक रहेको उनको भनाइ थियो ।

‘विमानस्थलको धावन मार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको छ,’ उनले भने,‘ उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर, दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन । अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण छैन ।’

समस्याको समाधान गर्दै विस्तार कार्य अगाडि बढाइनुपर्ने उनको भनाइ छ । साथै विकासमा राजनीतिक गर्न नहुने खड्काले बताए ।

‘कर्णालीका सबै सांसदको एउटै सङ्कल्प हो कर्णालीको विकास र परिवर्तन,’ उनले भने,’ तुलनात्मक रूपमा हामी अरू प्रदेश सरह बनाउन हामी सबै लाग्नुपर्छ।’

तपाईको प्रतिक्रिया