
सुर्खेत । सुर्खेतको बाँगेसिमल नजिकैको जंगलमा वेवारिसे शव फेला परेको छ । बाँगेसिमलमा रहेको प्रहरी चौकीदेखि एक किलोमिटर दक्षिणतर्फ जंगलमा वेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
घास काट्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी बाँगेसिमलको टोली घटनास्थल पुगेको छ ।अनुहार चिनिने अवस्थामा छैन् ।’ मृत भेटिएका व्यक्तिको पुरुष रहेको र उनको पहिचान नभएको प्रहरीले जनाएको छ ।

नेपालीरैबार । २०८० आश्विन १४, आईतवार