वीरेन्द्रनगरको पठान टोलमा सफा खानेपानीको चरम अभाव

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० का दिप बहादुर रोकाय क्षेत्री ६३ वर्षका भएका छन । रोकायको परिवार र त्यस समुदायमा बसोबास गर्ने १२५ घरधुरी मध्ये ३० घरधुरीका नागरिकहरुले खानेपानीको सुविधा भने पाउन सकेका छैनन । उनी भन्छन वितेको ५४ वर्षदेखि सफा खानेपानीको आशामा जिवन ढल्की सक्यो अझै सम्म प्रसस्त मात्रमा पानि पाउन सकिएको छैन । चुनावका समयमा आशा देखाउछन् नेताहरु तर सेवासुविधा भने अझै पनि पाउन नसकेको उनले जानकारी दिए । वीरेन्द्रनगरको दक्षिण पूर्वमा रहेको (घुस्रासँग जोडिएको) पठान टोल (अहिले शान्ति नगर टोल) का नागरिकहरुले अझैसम्म पनि सफा र प्रस्सस्त पिउने पानी पाउन सकेका छैनन ।

पहिले यस ठाउँमा बस्ती बाक्लो नभएका कारण हावापानी स्वच्छ र सफा थियो । खानेपानीका स्रोत थुप्रै थिए । खानेपानी त्यति दूषित पनि थिएन । खानेपानीको समस्या पनि हुदैनथियो, खोलाखाल्सी जताको पानी खाए पनि केही हुँदैन थियो’, रोकायले भने, ‘जब यहाँ बस्ती बढ्न थाल्यो त्यसपछि खानेपानीका मुहान सुक्दै गए, भएका मुहानमा पनि धमिलो लेउ र मसिना किराहरू देखिन थाले ।’ लेउ र किरा परेको धमिलो र दूषित पानी प्रयोग गर्दा विभिन्न खाले पानीजन्य रोगको सिकार हुनुपरेको उनले जानकारी दिए ।

यो टोलका नागरिकलाई राजनीतिक दलका नेताहरूले खानेपानी, लालपुर्जा, बिजुली, सिँचाइलगायतका आश्वासन देखाएर भोट बैंक बनाएको उनको गुनासो छ । राजधानीकै सम्मुखमा रहेको यो बस्तीको आर्थिक, सामाजिक विकासको अवस्था अझै पनि परिवर्तन हुन सकेको छैन । यहाँका नागरिकहरू खाद्य अधिकारबाट समेत वञ्चित भएका छन् ।

पठान टोलसँगै घुस्रा गाउँ जोडिएको छ । यी दुई टोलको दूरी झण्डै पाँच सय मिटर छ । निकास खोलाले सीमा छुट्याएका वारिको घुस्रा टोलमा बिजुलीको राम्रो प्रबन्ध छ, कालोपत्रे सडक बनेका छन् । शिक्षा तथा स्वास्थ्यको राम्रो प्रबन्ध छ । सुर्खेत उपत्यका खानेपानी संस्थाले व्यवस्थित खानेपानी उपलब्ध गराएको भए पनि पठान टोलमा भने शुद्ध पिउने पानीको चरम अभाव अझै सम्म पनि उस्तै छ ।

यहाँका स्थानीयले अझै पनि इनारबाट किरा र लेउ लागेको दूषित पानी पिउन बाध्य छन् । पानी शुद्धीकरणका लागि घरायासी विधि भनेको पातलो कपडाले छान्नु हो । यो बस्तीमा गरिब, विपन्न दलित परिवारको बाहुल्यता छ । जग्गासमेत एैलानी छ । बिजुली पुगेको भए पनि कम भोल्टेजको लाइन विस्तार भएको छ । स्थानीयले खोल्सामा भूमिगत जमिनमुनिबाट निस्किएका चारवटा इनारको पानी प्रशोधनबिनै सिधै प्रयोग गर्दै आएका छन् ।

यता वडाअध्यक्ष डिलबहादुर रखालले चालु आर्थिक वर्षमा वीरेन्द्रनगर नगरपालिकाले दुई लाख लागतमा एउटा इनार मर्मत गरेको बताए । स्थानीयहरूले निर्माण समिति बनाएर पुरानो इनारलाई मर्मत गरेर खानेपानीको पोखरी निर्माण गरेको जनाए । रखालले स्थानीयलाई पाइपलाइनबाट पानी खुवान नसकेको स्वीकार गर्दै वडाध्यक्ष रखालले उपलब्ध पानीलाई शुद्धीकरण गरेर खानलाई दिएको फिल्टरको सही सदुपयोग नगरेको दाबी गरे ।

तपाईको प्रतिक्रिया