नियमित बजार अनुगमनको माग गर्दै नगरपालिकालाई ‘स्मरण पत्र’

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई नियमित बजार अनुगमन तथा अखाद्य बस्तुको नियन्त्रण गर्नका लागि ‘स्मरण पत्र’ बुझाइएको छ। नगर–उपप्रमुख निलकण्ठ खनाललाई जिल्ला खाद्य अधिकार सन्जाल सुर्खेत र नागरिक समाजले उक्त पत्र बुझाएको हो।

नागरिक समाजले नगरपालिकालाई नियमित र प्रभावकारी बजार अनुगमन सुनिस्थितताको निरन्तरता दिनुपर्ने, बजारमा उपलब्ध खाद्य बस्तुहरुको गुणस्तर परिक्षण नियन्त्रणका लागि गुणस्तर तथा नापतौल कार्यालयसँग आवश्यक समन्वय र सहजिकरण गर्नुपर्ने र जिल्ला प्रशासन र विषयगत नियामक निकायहरुसंगको समन्वय र सहयोगमा खाद्य अधिकार, खाद्य सुरक्षाका लागि विश्वसनिय कार्यको थालनी नगरपालिकाबाट गर्नु पर्ने माग समेत पत्रमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया