दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला

काठमाडौं । दसैँका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् ।

गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान छ ।

तपाईको प्रतिक्रिया