जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

कैलाली  । डडेल्धुरामा जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ परेका छन् । अमरगढी नगरपालिका–५, कीर्तिपुर बस्ने करन रोकायको घरको आँगनमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका हुन् ।


सोही ठाउँ बस्ने ३० वर्षीय सन्तोष ओझासहित पाँचजनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ८५० रुपैयाँ र ९ गड्डी ताससहित पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया