कहाँ हराए पत्थरका छाना ?

सुर्खेत । कुनै बेला ढुङ्गा कुँदेर सलक्क बान्की मिलाएर बनेका घरै घरहरु रुकुम पश्चिमका मौलिकता बोकेका परम्परागत घरहरु हुन । तर पछिल्लो समय जस्तापाताले घर छाउन थाले पछि परम्परागत घरहरु लोप हुदै गएका छन् । जसकारण ढुङ्गाखानीमा काम गर्ने मजदुहरुलाई रोजगारीको अर्को विकल्प खोज्नुपर्ने बाध्यता देखिएको छ । रुकुम पश्चिम चौरजहारीकी ४६ वर्षिय सिर्जना गुरुङ विगत १० वर्ष देखि ढुङ्गा खानीमा काम गरेर आफ्नो घर खर्च चलाउदै आएकी छन् । घरमा कमाउने कोहि नहुदा घरको सम्पूर्ण जिम्मेवारी गुरुङको काधमा थियो । सानै उम्मेरमा बुबाले ढुङ्गा कुँद्ने काम गरेको देखेकी उनले आफ्नो पेसा पनि यहि रोजीन ।

तर विगतका तुलनामा आजभोली ढुङ्गाको छानो भएका घरहरु लोप हुन थाले पछि उनको रोजगारी जोखिममा परेको छ । उनी भन्छिन ‘पहिले महिनाको तीस हजार सम्म आम्दानी हुन्थ्यो त्यसले घरको सम्र्पूण खर्च धान्न सहज भएको थियो तर आज भोली महिनाको पाँच हजार पनि आम्दानी हुन हम्मे हम्मे हुन्छ कसरी घर खर्च चलाउने हो ?’ उनि भन्छिन, ‘घरमा ५ जना बालबच्चा छन््, ढुङ्गा ‘पत्थर’ किन्ने मान्छे नै आउन छोडे अब के गरेर उनिहरुलाई पढाउने लेखाउने होे ?

सिर्जना जस्तै सहदेव नेपाली २० वर्ष देखि ढुङ्गा खानीमा काम गर्दै आएका छन् उनले त्यहा ढुङ्गा कुँद्ने, बोक्ने काम गर्दै आएका छन् । उमेरले ४९ वर्ष पुगेका उनी पाँच कक्षा सम्म मात्र अध्यन गरेका छन् । उनको बाजे, बुवाको पुस्तेउली पेसानै ढुङ्गा खानीमा काम गर्ने हुदा सहदेवले पनि यहि लाई आफ्नो पेशा बनाए । पहिले राम्रो कमाई गरीरहेका सहदेव अहिले कमाइ न्युन बएको बताउनछन् । उनी भन्छन् “पहिले पहिलेका घरहरुमा बान्की मिलाएर ढुङ्गा छानो छाउने चलन बढी थियो तर अहिले जस्तापाता, ढलानका छाना भएका घरहरु लाउनाले ढुङ्गा बिक्रीमा निकै कम आएको छ जसले गर्दा आफुहरुलाई रोजगारीको समस्या हुन थालेको छ ” ।

विगतमा खरको छानोको विकल्पको रुपमा ढुङ्गाले घर छाउने गरिन्थ्यो । सौन्दर्यताको हिसाबले पनि ढुङ्गाको छानो निकै राम्रो हुन्छ । एक पटक घर छाएपछि वर्षौंसम्म टिक्ने भएकाले पनि भरपर्दो थियो । तर पछिल्लो समय जस्तापाता र ढलानले घर छाउन थाले पछि मौलिकता बोकेका घरहरु लोभ हुदै गएका छन् । जसले गर्दा वषौ देखि ढुङ्गा कुँदेर आफ्नो जिवीको चलाएका मजदुरलाई घर खर्च जुटाउन मुस्किल छ ।

जिल्लाको सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालीकाका केहि स्थानमा ढुङ्गाखानी भएकाले त्यहाँका न्युनवर्गका अधिकांस नागरिकको आम्दानीको प्रमुख स्रोत ढुङ्गा कुँद्ने छ । पुस्तौ पुस्ता देखि ढुङ्गाखानीमै काम गर्दै आएका यहाँका स्थानीयहरुको व्यवसाय संकटमा छ । यहि ढुङ्गालाई मार्वल, टायलको रुपमा प्रयोग गर्न सकिने भए पनि बजारको समस्या हुदा चाहे जति विक्री हुनसकेको छैन

पछिल्लो समय ग्रामिण भेगका गाउँ वस्तिहरुमा सहर उन्मुख वातावरण हुदै गएकाले परम्परागत घरहरु लोप हुदै गएका छन । जाडो र गर्मी दुबै मौसमका लागि उपयुक्त मानिने ढुङ्गाले छाएको घर अहिले जस्तापाता र ढलान सिमेटको छानाले भरीदै गएका छन् । यसको समयमानै संरक्षण गर्न सके यहाँका बासिन्दाको जीवनस्तर सुधारमा समेत टेवा पुग्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया