११ बुदे मागसहित दैलेखको नौमुलेका करार कर्मचारी आन्दोलित

हिमेन्द्र बिश्वकर्मा दैलेख। सरकारले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने लगाएतका विभिन्न ११ बुदे माग राख्दै दैलेखको नौमुले गाउँपालिकाका करार कर्मचारीहरुले आन्दोलन सुरु गरेका छन ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने तथा निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरूलाई समेत समेटिनु पर्ने लगाएतका ११ बुदे मागहरु सहित आन्दोलन थालेको स्थानीय तह कर्मचारी संर्घष समिति नौमुलेका संयोजक देवेन्द्र कठायतले बताए ।

देशभरका ७५३ स्थानीय तहमा वैज्ञनिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनु पर्ने, समायोजनका कर्मचारीहरूको सर्वोच्च अदालतले निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्थापन हुनुपर्ने माग समेत गरिएको छ ।

राज्यले स्थानिय तहका करार कर्मचारीप्रति नकारात्मक सोच राखेको हुदा त्यसको चिरफार गर्न स्थानीय कर्मचारीको विदी र विकाशको लागि संघीय ऐनमा समाबेश हुनुपर्ने सङ्योजक कठाएतको भनाई छ ।

अहिले आउन लागेको विद्येयकले सङ्घ र प्रदेशबाट स्थानीय तहका कर्मचारीहरू अन्यायमा पर्ने हुदा आफूहरू आन्दोलन गर्न बाध्य भएको कर्मचारीहरुको भनाई छ । पालिकाका कर्मचारीको मागलाई सम्बोधन नगरेको खण्डमा अत्यावश्यक बाहेकका सबै काम ठप्प हुने र अनिश्चितकालीन आदोलन जारी रहने उनिहरुको भनाई छ ।

यस्ता छन ११ बुदे मागहरु 

१)संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने ।

२) स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनु पर्ने

३) निजामती परिभाषा भित्र स्थानीय तहका कर्मचारीहरूलाई समेत समेटिनु पर्ने ।

४)  बिना सहमति ७५३ स्थानीय तहमा वैज्ञनिक पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनु पर्ने ।

५) समायोजनका कर्मचारीहरूको सर्वोच्च अदालतले निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्थापन गरिनु पर्ने ।

६) तिनै तहमा कर्मचारीहरूको समान वृत्ति विकासको व्यवस्था गरिनु पर्ने ।

७)  स्थानीय तहमा कार्यरत कर्मचारीहरूको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गर्नु पर्ने ।

८)  स्थानीय सेवाका कर्मचारीहरूलाई निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत उपलब्ध गराउनु पर्ने ।

९) जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तिनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनु पर्ने ।

१०)स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने ।

११) अस्थायी तथा करार कर्मचारीहरू को उचित व्यवस्थापन गरिनु पर्ने ।

तपाईको प्रतिक्रिया