मनसुनी वायुको प्रभाव – यी प्रदेशमा हुनेछ आज वर्षा

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभरको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

विभागले दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

तपाईको प्रतिक्रिया